काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार तथा पूर्वाधार विकासका विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
नेपाल भ्रमणमा रहेका एडीबी अध्यक्ष कान्डाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए।
सोही दिन नेपाल सरकार र एडीबीबीच करिब २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो।

