सुन तोलामा १,४०० र चाँदीमा ३० रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ५५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको