काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको अनुभव, परिपक्वता र विज्ञतामाथि प्रश्न उठाएका छन्।
सरकारले १०० दिन पूरा गरेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले सरकारमा जोश, जाँगर र इच्छाशक्ति देखिए पनि अनुभव, परिपक्वता र विज्ञताको अभाव देखिएको टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, “सरकारको १०० दिनको गतिविधि र कार्यशैली हेर्दा जोश, जाँगर र इच्छाशक्ति देखिएता पनि अनुभव, परिपक्वता र विज्ञतामा कमी देखियो।”
घिसिङको यो टिप्पणी सरकारको पहिलो १०० दिनको कार्यसम्पादनलाई लिएर आएको सार्वजनिक प्रतिक्रियाका रूपमा हेरिएको छ।

