राष्ट्र बैंकद्वारा फेरि २० अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बुधबार २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको उक्त ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको जनाएको छ। यसअघि पनि असार १९ गते २५ अर्ब, असार २२ गते २० अर्ब र असार २३ गते २५ अर्ब रुपैयाँका एकवर्षे ऋणपत्र निष्कासन गरिएको थियो।

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अत्यधिक भएपछि राष्ट्र बैंकले छोटो अवधिको निक्षेप संकलनको सट्टा एक वर्ष अवधिका ऋणपत्र जारी गर्दै मौद्रिक व्यवस्थापन गरिरहेको हो।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले उक्त ऋणपत्रका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ। ऋणपत्रको साँवा भुक्तानी मिति २०८४ असार २४ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको