राष्ट्रियसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रियसभाले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा आएको थियो।

राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिले प्रस्ताव गरेका संशोधनहरू स्वीकार गर्दै विधेयक पारित गरेको छ। अब उक्त विधेयक पुनः प्रतिनिधिसभामा पठाइनेछ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन संशोधन आवश्यक रहेको बताइन्।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा राष्ट्रियसभा सदस्य रेणु चन्दले पनि आफ्नो धारणा राखे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको