काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकी झन् ठूलो जोखिममा पारेको आरोप लगाएका छन्।
आज विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री बालेन शाहले सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता स्मरण गराउँदै त्यसको कार्यान्वयनबारे प्रश्न उठाएका छन्।
आङ्देम्बेका अनुसार कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारले नागरिकलाई एउटा जोखिमबाट हटाएर अर्को अझ भयावह जोखिममा धकेलेको यथार्थ उजागर भएको छ।

