मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनः उमेश श्रेष्ठ र अर्जुन घिमिरेले पाए नियुक्तिपत्र

काठमाडौँ ।  उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गते बसेको बैठकको निर्णयअनुसार उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।  \

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आज श्रेष्ठलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। घिमिरेले पनि आजै मन्त्री तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको