काठमाडौँ । रास्वपाले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारीसाधन राखिएको घटनाको भर्त्सना गरेको छ।
सोमबार महामन्त्री विपिन आचार्यद्वारा जारी विज्ञप्तिमा प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यका यस्ता गतिविधि अस्वीकार्य भएको उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीको पहिचान र कानुनी कारबाही गर्न माग गरिएको छ।
पार्टीले सञ्चारमाध्यमको सुरक्षा सुनिश्चित गर्न सरकार र सुरक्षा निकायलाई गम्भीर बन्न आग्रह गरेको छ।

