पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पाँचौँपटक थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले प्रहरीको मागअनुसार म्याद थप गरेको हो।

यो पौडेलविरुद्ध पाँचौँपटक थुना अनुमति दिइएको हो। उनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको