प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध जारी रहने एमालेको चेतावनी

काठमाडौँ । नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसद्मा आफ्नो विरोध जारी रहने जनाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्रीको अभिव्यक्ति देशहितविपरीत रहेको दाबी गर्दै उक्त भनाइ फिर्ता लिनुका साथै संसद्को अभिलेखबाट हटाउन माग गरे। उनले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्रीबाट भारत–नेपाल सीमासम्बन्धी आएको अभिव्यक्ति अनुचित भएको बताए।

सांसद ठगुन्नाले प्रधानमन्त्रीको भनाइबारे विपक्षीले पटक–पटक प्रश्न उठाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए। उनले सोमबार सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याएर पञ्चायतकालको झल्को दिने प्रयास भएको टिप्पणी पनि गरे।

त्यस्तै एमाले सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन सरकारले चासो नदेखाएको भन्दै गणेश नेपालीको घटनापछि राजधानीमा भएका पछिल्ला घटनाहरू गम्भीर रहेको बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको