देश संकटमा छ, राष्ट्रिय मुद्दामा एकजुट हुनुपर्छ : सांसद अमरेशकुमार सिंह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले देशमा जनताको निराशा बढ्दै गएको भन्दै राष्ट्रिय मुद्दामा सबै दल एकजुट हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर घोचपेच गर्ने प्रवृत्तिले समस्या समाधान नहुने उल्लेख गरे। लोकतन्त्र र जनताको हितलाई केन्द्रमा राखेर साझा राष्ट्रिय एजेन्डा बनाउनुपर्नेमा उनले जोड दिए।

उनले भने, “आज देशमा निराशा छ, देश संकटमा छ। बरु राष्ट्रिय मुद्दा तय गरौँ र सबै एकजुट बनौँ।”

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको