काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने खुस्बु ओलीको सम्बोधन भइरहेका बेला उपस्थित भएका छन्।
उनीहरू दिउँसो १:३७ बजे संसद् बैठकमा प्रवेश गरी करिब २० मिनेटसम्म बसेपछि बाहिरिएका हुन्।
प्रधानमन्त्रीको छोटो उपस्थितिले संसद् बैठकमा केही समय ध्यान आकर्षित गरेको थियो।

