काठमाडौँ । धितोपत्र बजारमा मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.२६ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७९ अंकले बढेर ४५१.३४ विन्दुमा पुगेको छ। फ्लोट सूचक ०.३२ अंकले वृद्धि भएर १७६.८८ तथा सेन्सेटिभ फ्लोट सूचक ०.२० अंकले बढ्दै १५२.५० विन्दुमा कायम भएको छ।
आज १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ रुपैयाँमा खरिद–बिक्री भएको छ।
१३ उपसमूहमध्ये १२ उपसमूहमा हरियाली छाउँदा एक उपसमूह मात्रै घटेको छ। कारोबार भएका कम्पनीमध्ये १६४ कम्पनीको सेयर मूल्य बढेको, १०१ कम्पनीको घटेको तथा १० कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
आज कामना सेवा विकास बैंक डिबेञ्चर, साङ्ग्रिला विकास बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्। यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक डिबेञ्चर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

