कृषि बिमा र समर्थन मूल्यको माग गर्दै माइतीघरमा किसानको विरोध

काठमाडाैं । उत्पादित गोलभेँडाले उचित मूल्य नपाएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा सडकमा गोलभेँडा फालेर विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले उत्पादन बिक्री हुन नसकेको, लागतसमेत उठाउन कठिन भएको र सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाएका छन्।

साथै कृषि बिमा लागू गर्न, तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको