काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालासँग विस्तृत छलफल गर्ने भएको छ।
विधेयकको मस्यौदा र वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सुझाव तथा धारणा संकलन गर्न समितिले आगामी आइतबार बैठक आह्वान गरेको हो।
संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको अर्थ समिति सभाकक्षमा आइतबार बिहान ९ः३० बजे समितिको १७औँ बैठक बस्नेछ।
बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ संशोधनसम्बन्धी विधेयकका विभिन्न प्रावधानमाथि केन्द्रित रहेर सरोकारवालासँग छलफल गरिने कार्यसूची रहेको समिति सचिवालयले जनाएको छ।


