गौरीगाउँ ताललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने तयारी सुरु

काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका–१० मा रहेको गौरीगाउँ ताल पर्यटकीय दृष्टिले आकर्षक भए पनि पर्याप्त प्रचारप्रसार र भौतिक पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ।

तुलसीपुर बजारबाट नजिकै रहेको करिब आठ बिघा क्षेत्रफलमा फैलिएको यस तालमा पहिले सातवटा छुट्टाछुट्टै ताल थिए, जसलाई एकीकृत गरेर अहिले ठूलो तालको स्वरूप दिइएको छ।

तालको बीचमा करिब एक करोड रुपैयाँको लागतमा शिवमन्दिर निर्माण गरिएको छ, जहाँ शिव, गणेश, सूर्य, देवी र विष्णुको मूर्ति स्थापना गरिएको छ। मन्दिरसम्म पुग्न ४५ मिटर लामो पुलसमेत निर्माण गरिएको छ।

स्थानीयका अनुसार सडक पहुँच सहज भए पनि प्रचारप्रसारको कमीका कारण ताल अवलोकनका लागि पर्यटकको आगमन न्यून रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको