काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक एकता बलियो बनाएर मात्रै राष्ट्रिय एकता सम्भव हुने बताएका छन्।
बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा उनले कांग्रेस एकढिक्का नभए मुलुकले पनि त्यसको असर बेहोर्नुपर्ने भन्दै बीपीको राष्ट्रिय एकता र मेलमिलापको सिद्धान्तलाई आत्मसात् गर्न आग्रह गरे।

