नेप्से १३.९५ अंकले ओरालो, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडौँ ।  धितोपत्र बजारमा बुधबार नेप्से परिसूचक १३.९५ अंकले घटेर २,७१२.५४ विन्दुमा कायम भएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेन्सेटिभ परिसूचक २.१० अंकले घटेर ४७०.३१, फ्लोट सूचक ०.७७ अंकले घटेर १८५.८५ र सेन्सेटिभ फ्लोट सूचक ०.५८ अंकले घटेर १५९.४३ विन्दुमा पुगेको छ।

आज एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँ बराबरमा कारोबार भएको छ। १३ उपसमूहमध्ये दुई उपसमूहमा वृद्धि हुँदा ११ उपसमूह घटेका छन्। ७७ कम्पनीको सेयर मूल्य बढेको, १९३ कम्पनीको घटेको र सात कम्पनीको मूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार एभरेष्ट कलर लिमिटेड, भुगोल हाइड्रोपावर र साल्पा विकास बैंकका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्। यता एनसीसी डिबेञ्चर, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर र एनबिबिएल डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक घाटा बेहोरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको