आर्थिक सुधारका कानुनी जटिलता ‘मिसन मोड’मा समाधान गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता ‘मिसन मोड’मा समाधान गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएका छन्।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका विषयमा उद्योग मन्त्रालयसँग भएको छलफलमा उनले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका सुधार योजनालाई कार्यतालिकासहित अघि बढाउन र आवश्यक समन्वय गर्न जोड दिए।

अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण निर्माण, व्यापार सहजीकरण तथा विदेशी लगानी आकर्षित गर्न आवश्यक कानुनी सुधार केही साताभित्रै सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै अर्थ मन्त्रालयबाट आवश्यक प्राविधिक तथा नीतिगत सहयोग उपलब्ध गराइने बताए।

उद्योगमन्त्री गौरीकुमारीले बजेटमा समावेश आठ वटा सुधार कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिँदै अर्थ मन्त्रालयसँगको समन्वयलाई थप प्रभावकारी बनाइने बताइन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको