कांग्रेस र कम्युनिस्टकै कारण देश अस्थिर बन्यो : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट दलहरूको राजनीतिक अभ्यासकै कारण देश लामो समयदेखि अस्थिरता र भागबन्डाको राजनीतिमा फसेको आरोप लगाएका छन्।

हालै नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रदेश सरकारसम्बन्धी भएको सहमतिका विषयमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष यादवले विगत चार दशकदेखि ठूला दलहरूले देशलाई अपेक्षित राजनीतिक स्थायित्व र विकास दिन नसकेको टिप्पणी गरे।

उनले पछिल्ला करिब ४० वर्षमा मिलीजुली सरकार र भागबन्डाको राजनीतिका नाममा ३५ वटा सरकार गठन भएको उल्लेख गर्दै त्यसबाट जनताको अपेक्षा पूरा हुन नसकेको दाबी गरे।

अध्यक्ष यादवले जनताको चाहना स्थायी सरकार, सुशासन र विकास निर्माण भए पनि प्रमुख राजनीतिक दलहरूले त्यसलाई प्राथमिकता नदिएको आरोप लगाए।

“विगत ४० वर्षदेखि यी दलहरूले के–के गरे, जनतालाई सबै थाहा छ। अहिले पनि उनीहरू त्यही अभ्यास दोहोर्याइरहेका छन्। जनताको चाहना स्थायी सरकार र विकास हो, तर त्यसप्रति उनीहरूको चासो देखिँदैन,” उनले भने।

यादवले प्रमुख दलहरूको वर्तमान राजनीतिक अभ्यास समाप्त भएपछि आफ्नो पार्टीले आगामी रणनीतिबारे निर्णय गर्ने संकेत पनि दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको