नागढुङ्गा सुरुङमार्गको हराएको शिलालेख पुनर्स्थापना गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनर्स्थापना गर्ने बताएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिक ४ गते गरेको सुरुङमार्ग शिलान्याससँग सम्बन्धित ओलीको नाम अंकित शिलालेख तोडफोड गरी हटाइएको भन्दै यसअघि विरोध हुँदै आएको थियो।

सुरुङमार्ग उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले हराएको शिलालेख खोजेर पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन आर्थिक वर्ष २०६६/६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराईको कार्यकालमा भएको थियो। त्यसपछि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए भने मुख्य सुरुङको ब्रेकथ्रु तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा भएको थियो।

हाल प्रधानमन्त्री बालेनको कार्यकालमा सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ।

मन्त्री लम्सालले नेपाल अब सुरुङमार्ग निर्माणको नयाँ चरणमा प्रवेश गरेको बताए। उनले देशभर यस्ता पूर्वाधार निर्माण हुने उल्लेख गर्दै नागढुङ्गा सुरुङमार्गले आगामी परियोजनाका लागि महत्वपूर्ण अनुभव दिएको बताए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको