नेप्से ३३.२८ अंकले घट्यो, कारोबार ६ अर्ब रुपैयाँमाथि

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा पुगेको छ।

आज ६ अर्ब ७ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबारका क्रममा ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।

एक करोड ३९ लाख १३ हजार ७७० कित्ता सेयर ६९ हजार ७१५ पटक किनबेच भएको छ। एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गरिमा समृद्धि योजना, सानिमा बैंक डिबेन्चर, गुर्खाज फाइनान्स र एनएमबी बैंक डिबेन्चर उच्च कमाउने कम्पनीमध्ये परेका छन्। समूहगत सूचकतर्फ बैंकिङ र म्युचुअल फन्डबाहेक सबै उपसूचक घटेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको