सुनको मूल्य एकैदिन तोलामा रु ४,३०० घट्यो, चाँदी पनि सस्तो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुन प्रतितोला रु ४ हजार ३०० र चाँदी प्रतितोला रु १३५ ले सस्तो भएको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८४ हजार २०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ३१० निर्धारण गरिएको महासङ्घले जनाएको छ।

सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजार ५०० मा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला रु ४ हजार ४४५ कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको मूल्य तथा विनिमय दरमा आएको परिवर्तनका आधारमा दैनिक रूपमा नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण हुने गर्दछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको