साम्प्रदायिक विद्वेषविरुद्ध सबै दल एकजुट हुनुपर्छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने र साम्प्रदायिक विद्वेष फैलाउने गतिविधिविरुद्ध सबै राजनीतिक दल जिम्मेवार भएर एकजुट हुनुपर्ने बताएका छन् ।

बुधबार आफूले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एक समुदायलाई अर्को समुदायविरुद्ध घृणा, द्वेष वा आक्रमणका लागि उक्साउने कुनै पनि गतिविधिले देशलाई फाइदा नगर्ने बताए । यस्ता घटनाको सामना गर्न सबै राजनीतिक दलबीच साझा समझदारी बनेको उनको भनाइ थियो ।

सुनसरी घटनामा एक युवकको मृत्युबारे प्रतिक्रिया दिँदै लामिछानेले घटनालाई अत्यन्त गम्भीर भएको उल्लेख गर्दै सत्यतथ्य निष्पक्ष छानबिनबाट बाहिर आउनुपर्ने बताए। उनले अफवाह र षड्यन्त्रको पछि नलागी जिम्मेवार निकायले गर्ने अनुसन्धानको नतिजा पर्खिन सबैलाई आग्रह गरे ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको