रास्वपाको केन्द्रीय समिति बैठक सुरु, महाधिवेशन समीक्षा र संगठन विस्तारमा केन्द्रित छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पहिलो महाधिवेशनको समग्र समीक्षा, विभिन्न कार्यविधिको निर्माण तथा संशोधन, साङ्गठनिक व्यवस्थापन र मनोनयनसम्बन्धी विषयमा छलफल भइरहेको छ।

यसका साथै आगामी राजनीतिक अभियान, संगठन विस्तारका कार्यक्रम तथा समसामयिक राजनीतिक विषयमा पनि केन्द्रीय समितिले विस्तृत छलफल गर्ने जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको