बञ्चरेडाँडाका समस्या समाधान गर्न सञ्चारमन्त्री तिमिल्सिनाको पहल, सम्बन्धित निकायसँग छलफल

काठमाडौँ । नुवाकोट–१ का प्रतिनिधिसभा सदस्य तथा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग छलफल गरेका छन्।

छलफलमा काठमाडौँ महानगरपालिकाका अधिकारी तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधिहरू सहभागी थिए। मन्त्री तिमिल्सिनाले फोहर व्यवस्थापनको प्रभावकारी अनुगमन, स्थानीयका गुनासोको सुनुवाइ, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहर व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

स्थानीयवासीले बञ्चरेडाँडासम्म पुग्ने सडक जीर्ण रहेको, फोहरबाट दुर्गन्ध फैलिएको, फोहर बोकेका सवारीसाधन नछोपी सञ्चालन हुने, बाटोमै फोहर खसालिने तथा फोहर व्यवस्थापनमा लापरबाही भइरहेको गुनासो गर्दै आएका छन्। साथै बञ्चरेडाँडामा फोहर पठाउने अन्य स्थानीय तहलाई पनि व्यवस्थापनको जिम्मेवारीमा प्रभावकारी रूपमा सहभागी गराउनुपर्ने विषय छलफलमा उठाइएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको