नेप्से १२.९६ अंकले उकालो, कारोबार ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी

काठमाडौँ । धितोपत्र बजारमा शुक्रबार नेप्से परिसूचक १२.९६ अंकले बढेर २,६८५.५४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४४ अंकले बढेर ४७०.१३, फ्लोट सूचक १ अंकले बढेर १८४.५९ तथा सेन्सेटिभ फ्लोट सूचक ०.७७ अंकले उकालो लागेर १५९.४८ विन्दुमा पुगेको छ।

आज ८८ लाख ५१ हजार २१६ कित्ता सेयर तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँमा खरिद–बिक्री भएको छ। १३ उपसमूहमध्ये ११ उपसमूह बढेका छन् भने दुई उपसमूह घटेका छन्।

कारोबारमा १८० कम्पनीको सेयर मूल्य बढेको, ८२ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

आज एभरेष्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फण्ड र जोशी हाइड्रोपावर कम्पनी का लगानीकर्ताले सर्वाधिक कमाएका छन्।

यस्तै, बोटलर्स नेपाल (तराई) लिमिटेड, कालिञ्चोक हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक का लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको