काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा गर्न अदालतले आदेश दिएको छ।
प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो । तर जिल्ला अदालत, भक्तपुरले म्याद थप गर्न अस्वीकार गरेको हो। अदालतले थुनामा नराख्न आदेश दिएको छ।
प्रसाईंलाई जिल्ला प्रहरी परिसर, भक्तपुरले आइतबार राति घरबाटै पक्राउ गरेको थियो।

