नेप्से २१.१५ अंकले घट्यो, कारोबार ४ अर्ब रुपैयाँभन्दा बढी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा बन्द भएको छ।

बजार खुलेदेखि नै बिक्री चाप बढेपछि अधिकांश कम्पनीको सेयर मूल्य घटेको हो। आज ३४३ कम्पनीका १ करोड ७ लाख कित्ता सेयर ५२ हजार २७२ पटक कारोबार हुँदा कुल ४ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज २१३ कम्पनीको सेयर मूल्य घट्दा ५९ कम्पनीको मात्रै मूल्य बढ्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। यद्यपि, एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता १,७३१.४० रुपैयाँ पुगेको छ। साथै, खानीखोला हाइड्रोको मूल्य १०.०७ प्रतिशत र जोशी हाइड्रोपावरको ५.२६ प्रतिशतले वृद्धि भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको