काठमाडौँ । बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५७० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदीको भाउ ४ हजार ३१० रुपैयाँ थियो ।

