कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तिलौराकोट सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेका छन्।

शुक्रबारदेखि सम्पर्कविहीन रहेका ६५ वर्षीय सिंहको खोजीका क्रममा आइतबार जंगलमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। शनिबार उनको मोटरसाइकल फेला परे पनि सिंहको अवस्था अज्ञात थियो। आइतबार प्रहरीसहितको टोलीले मोटरसाइकल नजिकै उनको शव फेला पारेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको