कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आइतबार बस्दैछ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ।

सभापति गगन थापाका अनुसार बैठक केही दिनसम्म चल्नेछ र पार्टीका पछिल्ला विषयमा आवश्यक निर्णय गरिनेछ। बैठक सकिएलगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अघि बढाइने उनले बताएका छन्।

संस्थापन इतर समूहले आगामी २९ साउनका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकमार्फत पार्टीभित्रका विषयमा छलफल गर्न लागेको हो। इतर समूहका नेताहरूले भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्मको कदम चाल्न सकिने बताउँदै आएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको