शेरबहादुर देउवा बैंकक पुगे, बिहीबार नेपाल फर्किने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेका छन्। उपचारका क्रममा करिब पाँच महिनादेखि विदेशमा रहेका देउवा अब बिहीबार नेपाल फर्किने भएका छन्।

देउवा निकट नेताहरूका अनुसार उनी शुक्रबार हङकङबाट बैंकक पुगेका हुन्। यसअघि साउन २६ गते नेपाल फर्किने कार्यक्रम रहे पनि बैंकक गएपछि उनको स्वदेश फर्किने मिति दुई दिन पछि सरेको हो।

देउवा साउन २८ गते बिहीबार थाइ एयरको विमानमार्फत दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यसैबीच, कांग्रेस संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलामा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ता काठमाडौं आउने क्रम चलिरहेकाले देउवालाई विमानस्थलमै स्वागत गर्ने तयारी गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको