आफ्नै साथीले निन्दा गरे पनि मलाई माया गर्ने धेरै छन् : सभापति गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नै पार्टीका केही साथीहरूले आफूलाई निन्दा गरे पनि तल्लो तहसम्म आफूलाई माया गर्नेको संख्या ठूलो रहेको बताएका छन्।

केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै थापाले निन्दा गर्नेहरूको पछि नलाग्न आग्रह गरे। पटक–पटकको घेराबन्दीका बीच पनि पार्टीका साथीहरूको साथ र मायाकै कारण आफू अघि बढिरहेको उनको भनाइ थियो।

पार्टीको वैधानिकता तथा विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको सामना गर्ने पनि थापाले बताए। पार्टीका सबै काम विधानसम्मत भएकाले डराउनुपर्ने अवस्था नरहेको उनको दाबी थियो।

विशेष महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको र निर्वाचन आयोगले समेत कानुनअनुसार त्यसलाई अभिलेखीकरण गरिसकेको उनले स्मरण गरे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको