काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदी ११० रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

