कृषि र वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ : कृषिमन्त्री

काठमाडौं ।  कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् ।

आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण, वन तथा वातावरण जगेर्नाका लागि महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिन् । देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उनले युवा सशक्तिकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको