कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई निम्तो

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन‍ (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई निमन्त्रणा आएको जानकारी दिए ।

‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,’ उनले भने।

कोप–३१ सम्मेलन सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुँदैछ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको