कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला आयोजना गरिएको हो : डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको बताएका छन्। शुक्रबारदेखि काठमाडौंमा सुरु भएको तीन दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिले भेला थप सफल भएको दाबी गरे।

कोइरालाले नेपाली कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने भन्दै पार्टी एकताका लागि भेला आयोजना गर्नु आफ्नो कर्तव्य भएको बताए। उनले आफ्ना पिता तथा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले शेरबहादुर देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको स्मरण गर्दै भारतमा रहँदा देउवासँग चलचित्र हेर्न गएको प्रसंगसमेत सुनाए।

सम्बन्धित खवर