आईजीपीमाथि समितिमा भएको व्यवहारप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। साउन २७ गते आईजीपी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारबीच भएको सवाल–जवाफबारे मन्त्रालय र आफ्नो ध्यानाकर्षण भएको उनले बताए।

आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गुरुङले उजुरीकै आधारमा कसैलाई न्यायाधीशको भूमिकामा राख्न नहुने र आरोप लाग्दैमा व्यक्तिको चरित्र हत्या गर्न नपाइने बताए। उनले भने, ‘दिस इज नट राइट, दिस इज नट गुड।’

गृहमन्त्री गुरुङले समितिमा प्रहरी प्रमुखहरूलाई प्रस्तुत गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै आफूले प्रहरी नेतृत्वले दिनरात काम गरेको प्रत्यक्ष देखेको बताए। उनले कानुन, न्याय तथा मानव अधिकार समिति सार्वजनिक लेखा समितिभन्दा आफूलाई भद्र लागेको टिप्पणीसमेत गरे।

सम्बन्धित खवर