काठमाडौं । राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन्। ७९ सदस्यीय केन्द्रीय समिति रहने गरी राणाको नेतृत्वमा नयाँ दल दर्ता गरिएको हो।
नयाँ दलको चुनाव चिह्न ‘त्रिभुज’ राखिएको छ भने पार्टीको झण्डामा सेतो रंगमा त्रिभुज चिह्न रहनेछ। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिनै राणाले पार्टी दर्ता गराएका हुन्।

