‘निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटियो’ : दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई हतियारका रूपमा प्रयोग गरेर कांग्रेस ‘लुटेर लगेको’ आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा सुरु भएको इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले उक्त घटनालाई ‘अपराध’को संज्ञा दिँदै यस्तो अपराध क्षम्य नहुने बताए। उनले पार्टी सभापतिले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरिसकेको पनि उल्लेख गरे।

विशेष महाधिवेशनबाट आएको कांग्रेस सच्चा कांग्रेस भएको भए वर्षौंदेखि निर्वाचन जित्दै आएका नेताहरूलाई टिकटबाट वञ्चित गर्ने दुस्साहस गर्न नसक्ने खड्काको दाबी थियो।

उनले चोइटिएको कांग्रेसले मुलुकको नेतृत्व गर्न नसक्ने भन्दै पार्टीभित्र भएको घटनाप्रति असन्तुष्टि जनाए। साथै, देउवा स्वदेश फर्किँदा विमानस्थलमा देखिएको उपस्थिति र राष्ट्रिय भेलामा देखिएको सहभागिताले विशेष महाधिवेशनबाट आएको कांग्रेसलाई ‘झापड’ दिएको उनको भनाइ थियो।

सम्बन्धित खवर