काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) साताको अन्तिम कारोबार दिन शुक्रबार ७.३७ अंकले घटेको छ। गिरावटसँगै नेप्से सूचक २६४३.८३ अंकमा झरेको छ।
आज १०१ कम्पनीको शेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम भने बढेर ४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
समूहतर्फ व्यापार समूह सबैभन्दा धेरै २.५७ प्रतिशतले घटेको छ। जीवन बीमा, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष र अन्य समूह भने बढेका छन्।
हालै सूचीकृत माउन्ट एभरेस्ट पावरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ भने रकमका आधारमा खानीखोला हाइड्रोपावरमा सबैभन्दा धेरै कारोबार भएको छ।

