काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले २७९ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। पार्टीको विधानको धारा ८७ को उपधारा (२) अनुसार केन्द्रीय समिति गठन गरिएको हो।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग एकता भएपछि जसपा नेपालले एकीकृत पार्टीको केन्द्रीय समिति निर्माण गरेको हो।
नवगठित केन्द्रीय समितिको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहेका छन्। सहअध्यक्षमा शरत्सिंह भण्डारी तथा वरिष्ठ नेतामा रकम चेम्जोङलाई जिम्मेवारी दिइएको छ।
उपाध्यक्षमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणु कुमारी यादव रहेका छन्।
महासचिवमा प्रकाश अधिकारी, लालबाबु राउत र डा. सुरेन्द्र कुमार कर्ण नियुक्त भएका छन्। यस्तै, जयनुल राइन, दीपक कर्ण, रामप्रकाश चौधरी, रानी कुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लिला देवी सिटौलालाई उपमहासचिवको जिम्मेवारी दिइएको छ।

