काठमाडौँ । नेकपा (एमाले)ले प्रदेशसभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।
आज बसेको एमाले संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। बैठकले संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णयसमेत गरेको छ।
एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच नयाँ सत्ता समीकरण बनेसँगै प्रदेश सरकारहरूको भागबण्डामा बागमती प्रदेशको नेतृत्व एमालेको भागमा परेको हो।
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

