‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्ति जोक मात्रै थियो : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेको अभिव्यक्ति जोकका रूपमा दिएको बताएका छन्।

बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै गुरुङले मतदातासँग मजाक गर्न नहुने भन्ने प्रश्न गर्दै आफ्नो अभिव्यक्तिको बचाउ गरेका हुन्।

‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’ उनले सञ्चारकर्मीसँग भने।

केही दिनअघि आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या बुझ्ने क्रममा मतदाताले निर्वाचनका बेला आफूले गरेको वाचाअनुसार स्वास्थ्य सामग्री उपलब्ध नभएको भन्दै गुनासो गरेका थिए। त्यस क्रममा गुरुङले छोटो समयमै सबै क्षेत्रमा कायापलट गर्न नसकिने भन्दै ‘भोट फिर्ता लैजानुस्, अब स्थानीय चुनावमा काम लाग्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिप्रति आलोचना भएपछि गुरुङले आफूले उक्त कुरा गम्भीर रूपमा नभई मजाकका रूपमा भनेको स्पष्ट गरेका हुन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको