काठमाडौँ । प्रधानमन्त्री बालेन शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गर्ने मुख्य काम तथा हासिल गर्ने उपलब्धिका विषयमा कार्यसम्पादन सम्झौता गरेका छन् ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग सम्झौतामा हस्ताक्षर गर्दै प्रति आदानप्रदान गरेका हुन् । प्रधानमन्त्रीको कार्यालयका अनुसार सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादनलाई प्राथमिकता दिइएको छ ।

