एजेन्सी । जापानको कानुमास्थित शिन–कानुमा स्टेसनमा लिक वरपरको झारपात हटाउने क्रममा एक्सप्रेस रेलले ठक्कर दिँदा चार जना रेल कर्मचारीको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोतर्फ गइरहेको ‘स्पेसिया एक्स’ एक्सप्रेस रेल स्टेसनमा रोकिने क्रममा दुर्घटनामा परेको थियो। आपत्कालीन उद्धार टोली घटनास्थल पुग्दा तीन कर्मचारी रेलमुनि च्यापिएका र एक जना लिकमा फेला परेका थिए।
मृत्यु हुने चारै जना पुरुष रहेको र उनीहरू ५० देखि ६० वर्ष उमेर समूहका रहेको जनाइएको छ। दुर्घटनाका बेला रेलमा करिब ५० यात्रु सवार रहे पनि कसैलाई चोटपटक लागेको छैन।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृतक कर्मचारीहरू लिक वरपरको झारपात हटाउने सात सदस्यीय टोलीमा कार्यरत थिए। दुर्घटनाको कारणबारे अधिकारीहरूले अनुसन्धान अघि बढाएका छन्।

