अन्डाको मूल्य फेरि बढ्यो, प्रतिक्रेट १५ रुपैयाँसम्म महँगियो

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ। चितवनलाई आधार मानेर तय गरिएको नयाँ मूल्यअनुसार सबै प्रकारका अन्डाको भाउ बढेको छ।

नयाँ मूल्यसूची अनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अन्डा ५७५ रुपैयाँ र मिडियम अन्डा ५३५ रुपैयाँ पुगेको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ कायम गरिएको छ।

संघले एक साता नबित्दै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको हो। यसअघि साउन ३० गतेदेखि एक्सएल अन्डा ५७५, ठूलो ५६० र मिडियम ५२० रुपैयाँमा बिक्री हुँदै आएको थियो। पछिल्लो समय अन्डाको मूल्य निरन्तर बढिरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको