काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न आग्रह गरेको छ ।
आगामी असोज १ गते वेबसाइटमार्फत नयाँ नामावली प्रकाशन गर्ने जनाउँदै आयोगले आफ्नो नाम, थर, ठेगानालगायतका विवरण अद्यावधिक गराउन आग्रह गरेको हो।
एकभन्दा बढी स्थानमा नाम समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसाइँसराइ वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भए अद्यावधिक गर्न र कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए जानकारी दिनसमेत आग्रह गरिएको छ।


