काठमाडौँ । साताको अन्तिम काराेबारकाे दिन सेयर बजारमा १० अंकको गिरावट आएको छ। शुक्रबार नेप्से परिसुचक १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा झरेको हो।
आज एक करोड २२ हजार कित्ता सेयर ५९ हजार ८०५ पटकमा किनबेच हुँदा चार अर्ब १६ करोड ७६ लाख रुपैयाँबराबरको काराेबार भएकाे छ ।
यसदिन ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

